सन्धिखर्क १० को धरम्पानीमा एक बिबाहित महिला झु'ण्डि'ए'को अवस्थामा मृत फेला

| २०७९ जेठ २९ गते १८: ४४ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० धरम्पानीमा एक बिबाहित महिला झु'ण्डि'ए'को अवस्थामा मृत फेला परेकी छिन। 

धरमपानी भगवतीडाँडा निवासी कुशल चुंदालीकी अन्दाजी २० /२१ बर्षिया श्रीमती बिश्नी चुँदाली झु'ण्डि'ए'को अवस्थामा मृत फेला परेकी हुन्।  चुंदालीले आफ्नै घरको कोठामा केबुल तारको साहयताले पासो लगाई आज बिहान आ'त्म'ह'त्या गरेको बुझिएको छ। यद्यपि उनले के कारणले झुन्डिएर आ'त्म'ह'त्या गरिन भन्ने बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको खबर प्राप्त भएको छ। 

मृतक बिश्नी चुंदालीको अर्घाखाँची अस्पतालमा पोष्टमार्टम पछि रुब्दी घाटमा अन्तिम दाहसंस्कार गरिएको छ।मृतक बिश्नी चुँदालीको विवाह भएको ४ बर्ष भएता पनि नानि बाबु केहि नभएको पुर्व वडा सदस्य ऋषिकेश भुसालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्