खाँचीकोट मा अबैध रुपमा बालुवा गिट्टी उत्खनन गर्ने कार्य को पुर्ण रुपमा नियन्त्रण गरियोस

| २०७९ जेठ २९ गते २३: ३४ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। हिंजो बिहान सन्धिखर्क नगरपालिका वार्ड न. ७ स्थित खाँचीकोट मा अबैध रुपमा बालुवा गिट्टी उत्खनन गरेको ट्याक्टर स्थानीयको गुनासो पछि प्रहरी ले नियन्त्रणमा लिएको थियो। पहिला पनि यसरी उत्खनन गर्दा नगरपालिका को दवाब मा छोडेको गुनासो आम स्थानीय बाट आएको थियो।

आज सन्धिखर्क नगरपालिका बाट प्राप्त जानकारी अनुसार, नरपानी प्रहरी ले नियन्त्रणमा लिएको उक्त ट्याक्टर नगरपालिका लाई हस्तान्तरण गरेको र नगरपालिका ले नेपाल संबिधान को प्रचलित कानुन बमोजिम १००००/- जरिवाना र अब यस्तो कार्य नगर्न चेतावनी समेत दियको जनाएको छ।

यो सुरुवाती कार्य लाई सम्मान गर्दै सन्धिखर्क नगरपालिका आफैले सक्रिय भएर यस्ता अबैध कार्य को पुर्ण नियन्त्रण गरोस, सन्धिखर्क नगरपालिका कसैको बहकाब दबाब र प्रभाव मा न आइ आफ्नो काम ईमानदारी र निष्ठाले गर्न सकोस।

अर्घाखाँची बुलेटिन निरन्तर खबरदारी गर्छ न कसैको पक्षमा न कसैको बिपक्षमा, सत्यको गहिराइमा, जनताको आबजमा यथार्थ को धरातलमा सदैव सति साल बनेर उभिने छ, लोकतन्त्र को आत्म रक्षा गर्दै खबरदारी को तरबार ले समाजका अपराध र चरम बर्बरता विरुद्ध वारपार को लडाइ लडने छ। 

एउटा कार्बाही गरेर पानी माथिको ओभानो हुनु मात्र पर्याप्त छैन हामी यस्ता कार्य प्रती निरन्तर निगरानी राखी रहने छौ।

प्रतिक्रिया दिनुहोस्