नरपानीको चुनढुङ्गा उत्खनन सदैका लागि बन्द गर्ने नेपाली काङ्ग्रेसको निर्णय: काङ्ग्रेस सधै जनताको पक्षमा छ- केशब श्रेष्ठ

| २०७९ असार ५ गते १९: ५० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँचीको प्रमुख गन्तव्य स्थल आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक केन्द्र धार्मिक आस्थाको नगरी सुपादेउराली नजिकै खाँचीकोट नरपानी मा भएको चुनढुङ्गा उत्खनन पर्यावरणिय, धार्मिक सास्कृतिक र सामाजिक हिसाब ले प्रतिकुल रहेको र बाताबरण संरक्षण पर्यटन बिकास, धार्मिक एतिहासिक पुरत्तात्विक स्थलको प्रबर्द्धन र नागरिक का हकहित को संरक्षण गर्ने भन्दै नेपाली काङ्ग्रेस जिल्ला कमिटी ले यसलाई सधैको लागि बन्द गर्ने निर्णय गरेको छ, यसै सन्दर्भमा हामिले नेपाली काङ्ग्रेस का अर्घाखाँची जिल्ला सभापति केशव श्रेष्ठलाई सम्पर्क गरेका थियौ।

संक्षिप्त जानकारी दिदै उहाले बताउनु भयो, नेपाली काङ्ग्रेस सधै जनताको पक्षमा छ, जनताको हितका लागि जस्ता पनि निर्णय गर्छौ।स्थानीय चुनाव मा भएको अप्रत्याशित हारले गर्दा आकस्मिक आयको निर्णय र हारलाई ढाक छोप गर्न त होइन नि भन्ने प्रश्नमा उहाले भन्नू भयो।

चुनाव मा हार जित सामन्य प्रक्रिया हुन यसका आन्तरिक र बाह्य दुबै कारण हुन सक्छन्, अंकगणितमा केही तल माथी भय पनि जनताको बिश्वास काङ्ग्रेस प्रती अगाध छ। यो चुनढुङ्गा खानी बन्द गर्ने म सभापति भय पछि पहिलो प्राथमिकता मा थियो, लगतै चुनाबी ब्यस्तता ले गर्दा कार्यनयन भयन अब हामी यसलाई
जुनसुकै मुल्य चुकायर भय पनि पूरा गर्छौ उहाले बताउनु भयो।  

अनि काङ्ग्रेस कै बाग्मती प्रदेशका सभापति यसका मालिक अनि यस अघि नगर र वार्डमा काङ्ग्रेसको सरकार हुदा कतै अबाज आयन बरु उहाहरुले कोहि आबाज गर्ने हरुका आबाज दबाउनु भयो र साठ गाठ गर्नुभयो भन्ने प्रश्नमा।

काङ्ग्रेस कै ब्यक्ति भयपनी राजनीति र ब्यबसाय फरक कुरा हुन, हामी अर्घाखाँचीका जनताको लागि जे ठिक हुन्छ त्यो गर्छौ, हाम्रो लागि अर्घाखाँची का जनता सर्बोपरी हुन केन्द्रिय नेताहरु भन्दा, पहिले काङ्ग्रेसको को स्थानीय सरकार हुदा, यो खानी खोल्ने अनि साठ गाठ गर्ने अर्घाखाँची काङ्ग्रेसको निति गत निर्णय थियन, अब ब्यक्तिगत रुपमा के भय जनताको आबाज किन सुनियन, किन साठ गाठ भय यसको हामी समिक्षा गर्ने छौ, केही ब्यक्तिगत कुराहरु काङ्ग्रेसको आधिकारिक निर्णय होइन।

केही दिन अगाडि गोप्य तबरले इन्द्र बानिया नगरपालिका मेयर कृष्ण श्रेष्ठ सग भेट्नु भयो भन्ने छ आधिकारिक पृष्ठी न भयपनी आन्तरिक स्रोत बाट बाहिर आयको छ, अनि काङ्ग्रेस सग पनि त भेट भय होलानी भन्ने प्रश्नमा।

आफुलाई यस सन्दर्भमा कुनै जानकारी नभएको र म कसै सग पनि अर्घाखाँची को मुद्दामा सम्झौता गर्दिन र यदि यो सत्य भय जस्तो गोप्य सम्झौता भय पनि त्यो पूरा नहुने र त्यसको हामिले प्रतिबाद गर्ने जनाउनु भयो।

यो कतै आर्थिक चलखेल र बार्गेनिङ को लागि त होइन पहिला पनि यस्तो भएको रहेछ भन्ने प्रश्नमा।उहाले भन्नू भयो यस्तो असली काङ्ग्रेस र ईमानदार काङ्ग्रेसको सिद्धान्त होइन, हामी नागरिक को हित लाई नै प्राथमिकता मा राख्छौं, यो भौगोलिक क्षेत्र को महत्त्व लाई हाम्रो धार्मिक, आस्था को महत्त्व लाई र यहाको सदाबाहर चिसो पर्यावरण लाई मध्यनजर गर्दै यो निर्णय गरेको हो। कसैले पनि कपोकल्पित शंका र भ्रममा नपर्न आग्रह छ।

यदि तपाई को निर्णय यदि भोलि केन्द्रको द्बाबले फिर्ता त लिनु त हुदैन नि भन्ने प्रश्ननमा।कहि पनि भ्रममा नपर्नुहोस हामी एउटा बियर मा बिक्दैनौ, बरु हामी केन्द्र को दबाब होइन हामी केन्द्र लाई दबाब दिन्छौं। नेपाली काङ्ग्रेस लोकतान्त्रिक अभ्यासलाई मान्यता दिन्छ यो मेरो मात्र होइन सम्पुर्ण अर्घाखाँची को निर्णय हो त्यसैले केन्द्रले पनि लोकतान्त्रिक निर्णय लाई मान्नु पर्छ।यो उत्खनन सुरुदेखि नै जनताको पक्षमा थिएन यो थाहा हुदा हुँदै किन काङ्ग्रेस मौन थियो, अबसर अनुसार बोल्ने परिस्थिति अनुसार कुरा गर्ने के यहि हो राजनीति भन्ने प्रश्नमा।

काङ्ग्रेसको आधिकारिक निर्णय बाट यो सन्चालन भयको होइन, काङ्ग्रेस जनता र पर्यावरण को सन्दर्भमा सधै स्पष्ट र संबेदनसिल छ चुरे दोहन को सन्दर्भमा पनि काङ्ग्रेसले आन्दोलन देखि संरक्षण मा देश मा नै सबै भन्दा बढी सक्रिय छ। यस सन्दर्भमा केही ब्यक्तिगत कारणले गलत सूचना का कारण त्यहाका स्थानीय आबाज हरु नेतृत्व सम्म पहुच को अभाव को कारण त्यसो भय होला तर केही ब्यक्ति दोषी होलान् तर यसमा काङ्ग्रेस कदापी दोषी छैन।

प्रतिक्रिया दिनुहोस्