कृषि खाद्य प्रविधि तथा भुमि व्यावस्था मन्त्रीलाई जसपा नेपाललद्वारा अर्घाखाँचीमा स्वागत

| २०७९ असार ८ गते २१: २२ मा प्रकाशित

रमेश खनाल ,सन्धिखर्क। कृषि खाद्य प्रविधि तथा भुमि व्यावस्था मन्त्रीलाई जसपा,नेपालले अर्घाखाँचीमा स्वागत गरेकाे छ । 

जनता समाजवादी पार्टी ,नेपाल काे तर्फबाट लुम्बिनी प्रदेशकाे   कृषि खाद्य प्रविधि तथा भुमि व्यावस्था मन्त्री हुनुभएकाे सुमन शर्मा रायमाझी र पार्टीका लुम्बिनी प्रदेश मुख्य सचिव यज्ञ पाेख्रेल लाई  लाई जनता समाजवादि पार्टी  अर्घाखाँची ले  स्वागत स्वागत गरेकाे छ । स्वागत कार्यक्रममा टीका संघिय परिषद सदस्य लिलाबति पाण्डेले गर्नुभएकाे र खादा  केन्द्रीय सदस्य राजु नेपालिले लगाइदिनुभएकाे थियाे र कार्यक्रम पुस्करनाथ आचार्यले सञ्चालन गर्नुभएको थियाे ।

कृषिको कार्यक्रम र विभिन्न ठाउकाे अनुगमन गर्न अाउनुभएकाे मन्त्री हललाइन स्थित जसपा पार्टी कार्यालयमा नेता तथा कार्यक्रता हरूलाइ सम्बाेधन गर्दै अर्घाखाँचीका जनतालाई आफ्नाे मन्त्रालय मार्फत सक्दाे सहयाेग र बजेट बिनियाेजन तथा कार्यक्रम ल्याउन पहल गर्नुभएकाे बताउनुभएकाे छ । 

उक्त कार्यक्रममा कृषिका विभिन्न समस्या समाधान गरि कृषिमा लुम्बिनी प्रदेशलाई आत्मनिर्भर बनाउन आफु त्तपर रहेकाे पनि जानकारि गराउनुभयाे कार्यक्रममा जसपा पार्टी केन्द्रीय सदस्य राजु नेपाली , जिल्ला अध्यक्ष जिन्दग खड्का र जिल्ला इन्चार्ज नेत्र थापा मगर लगायका नेता कार्यक्रताकाे उपस्थिति थियाे।

प्रतिक्रिया दिनुहोस्