वाङ्लको जिवनोद्धार माबिमा लागू औषध दुर्व्यसनी तथा अवैध ओसार पसार बिरुद्द सप्ताह ब्यापी कार्यक्रम सम्पन्न

| २०७९ असार १० गते १५: ४२ मा प्रकाशित

सन्धिखर्क। आज “लागू औषध दुर्व्यसनी तथा अवैध ओसार पसार बिरुद्द सप्ताह ब्यापी कार्यक्रम” अन्तर्गत जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ५ वाङ्लामा सम्पन्न भएको छ। 

वाङ्लको जिवनोद्धार माध्यामिक बिद्यालय अर्घाखाँचीमा कक्षा १० मा अध्ययनरत ६० जना छात्र, छात्रालाई जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीका न्यायाधिवक्ता श्याम सुन्दर चौधरीले कानूनी सचेतना सम्बन्धि र जिल्ला प्रसाशन कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले अपराध अनुसन्धानमा अनुसन्धान अधिकृतको भुमिका र लागु औषध सेवनबाट मानिसमा हुने असर र यसको सेवनबाट हुने कानूनी सजाय सम्बन्धी प्रशिक्षण दिनु भएको थियो। 

प्रतिक्रिया दिनुहोस्