अर्घामा बिपन्न दलित जनतातिहरुलाई बाख्रा बितरण तथा खोर निर्माण (तस्विर सहित)

| २०७९ असार १२ गते १७: ४७ मा प्रकाशित

रमेश थापा ,अर्घा। रानी गैरा बाख्रा पालन उपाभोक्ता समिति ले बिपन्न दलित जनतातिहरुलाई बाख्रा खोर  निर्माण तथा बितरण गरेको छ।

बाख्रा  बितरण

आ.व .२०७८/०७९  को ९००,००० (नौलाख ) बजेट को सहयोग बाट सन्धिखर्क नगरपालिका पशु सेवा शाखा अर्घाखाँची र सन्धिखर्क नगरपालिका - ९ को वडा कार्यालयले स.न.पा ९ को साबिक १ बाहेकका अन्य वडा मा २० वटा खोर र ९२ वटा बाख्रा हरु हस्तान्तरण गरेको छ।

बिपन्न दलित जनतातिहरुलाई बाख्रा खोर निमार्ण तथा बितरण

कार्यक्रमको अनुगमन सन्धिखर्क नगरपालिका का प्रमुख श्री कृष्ण प्रसाद श्रेष्ठ ,उपप्रमुख मिश्रा आचार्य स.न.पा ९ का वडा अध्यक्ष श्री पदम बहादुर भुसाल, पशु सेवा शाखा का प्राबिधिक बुद्धि गौतम रानी गैरा बाख्रा  पालन समिति का अध्यक्ष नारायण श्रेष्ठ  सचीव रमेश थापा  लगाएत स.न.पा ९ का जनप्रतिनिधि स्थानीय समाजसेवी बुद्धि जिबि को उपस्थिति मा बल बहादुर रायमाझी को संचालन मा कार्यक्रम सम्पन्न भएको छ।

बाख्रा  बितरण
बाख्राहरु हस्तान्तरण
बाख्राहरु हस्तान्तरण

प्रतिक्रिया दिनुहोस्