नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) सन्धिखर्क नगरकमिटीको समिक्षा बैठक एभरेस्ट होटलमा शुरु

| २०७९ असार १७ गते १७: २६ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। नगरकमिटीका उपाध्यक्ष सीता श्रीपालीको स्वागत मन्तव्य बाट शुरु बैठकमा वडा स्तरीय रिपोर्टिङ , पार्टी संगठन निर्माण ,जबसमोर्चा गठन पुनर्गठन,मतदाता परिचयपत्र , निर्बाचित जनप्रतिनिधि सम्मान , आर्थिक समिक्षा ,पार्टी अनुसाशन लगायतका एजेन्डा प्रस्तुत गरिएको थियो ।

 बैठक माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपालीको प्रमुख आतिथ्यतामा शुरु बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार बिक ,प्रदेश समिति सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल , प्रदेश समिति सदस्य धर्मराज भुसाल , कमला भन्डारी भुसाल , देबबहादुर रायमाझी , कृष्ण सारु , जेष्ठ कम्युनिस्ट नेता रेमलाल बन्जाडे  लगायतको उपस्थित रहेको बैठकको सन्धिखर्क नगरकमिटी काबाअध्यक्ष  कृष्णहरि भुसालको अध्यक्षता नगरकमिटी सहसचीव काजिमान रायमाझीको संचालनमा शुरु भएको छ् ।

प्रतिक्रिया दिनुहोस्