नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठद्वारा अर्लादीटारी मल्ट्री स्पान ट्रस पुलकाे उद्घाटन

| २०७९ असार १७ गते २१: १४ मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिकाका  प्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्लादीटारी मल्ट्री स्पान ट्रस पुलकाे उदघाटन गर्नु भएकाे छ । 

६६ लाख ४० हजार लागतमा निर्माण भएकाे  पुलमा हेल्बटासकाे ८५, सन्धिखर्क नगरपालिकाकाे १३ र उपभोक्ता समितिकाे २ प्रतिशत लगानी छ  ।  ग्रामीण तथा सामुदायिक स्वास्थ विकास केन्द्रकाे सामाजिक तथा प्राविधिक सहजीकरणमा पुल निर्माण भएकाे हाे । पुलले  सन्धिखर्क ५ बाट छत्रदेव ६ काे भूभाग जाेडद्छ । कार्यक्रममा सन्धिखर्क ५ का वडा अध्यक्ष ऋषब अधिकारी, छत्रदेव ६ का वडा अध्यक्ष कमल पाैडेल लगायतको अातिथ्यता थियाे ।

अर्लादीटारी मल्ट्री स्पान ट्रस पुलकाे उदघाटन

कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष नारायण पाण्डेकाे अध्यक्षता र संस्थाका अध्यक्ष ठाकुर प्रसाद अधिकारीकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्