अर्घा स्वास्थ्य चौकी मा दाँत ,मुख स्वास्थ्य सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिवीर कार्यक्रम सम्पन्न

| २०७९ असार १८ गते २०: ५७ मा प्रकाशित

रमेश थापा ,सन्धिखर्क। सन्धिखर्क नगरपाली का वडा नम्बर ९ अर्घा मा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालय मुकाम बुटवल समाज डेन्टल केयर प्रा.लि द्वरा  वडा नम्बर ९ को बिशेष पहल मा अर्घा स्वास्थ्य चौकी मा दात, मुख स्वास्थ्य सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिवीर आयोजना कार्यक्रम सम्पन्न भएको छ। 

स्वास्थ्य शिवीर आयोजना कार्यक्रम सम्पन्न

उक्त कार्यक्रम को अध्यक्षता वडा अध्यक्ष पदम बहादुर भुसाल, प्रमुख अथिती पुर्बमन्त्री तथा प्रदेश सभा सदस्य चेत नारायण आचार्य अथिती हरुमा नेकपा एमाले का प्रदेश कमिटी सदस्य सरोज भुसाल, स्वास्थ्य निर्देशालय का शाखा अधिकृत जनार्द्न अधिकारी, समाज डेन्टल केयर प्रा.लि का अध्यक्ष अमृत भुसाल ,डा.रबिस मिश्र.डा.लोकराज खनाल ,डा.मेलिना गुरुङ, डा.बिक्रम डा.अमिर खान.अर्घा स्वास्थ्य चौकी इन्चार्ज जेलिना के.सि र राजनीति दलका पार्टी अध्यक्ष हरु वडा सदस्य हरु,समाजसेवी ब्याक्ती हरुको उपस्थिति मा अर्घा स्वास्थ्य चौकी इन्चार्ज जेलिना के.सि ले स्वागत मन्तव्य राखेकी थिइन्।

प्रमुख अथिती पुर्बमन्त्री तथा प्रदेश सभा सदस्य चेत नारायण आचार्य 

शिविर को उदघाट्न पुर्बमन्त्री तथा प्रदेश सभा सदस्य चेत नारायण आचार्य ले ब्यानर पढेर उदघाट्न गर्नु भएको थियो। आफ्नो मन्तव्य राख्ने क्रम मा दांत मुख को समस्या हुनेलाइ ढुक्क भएर सेवा लिन बिरामी हरु लाई आग्रह गर्नु भएको थियो।

दांत मुख को समस्या हुनेलाइ ढुक्क भएर सेवा लिन बिरामी हरु लाई आग्रह

सुरु मा आफ्नो दाँत मुख परिक्षण गर्नु भएको थियो। कार्यक्रम को संचालन हेम राज भट्टराई ले गर्नु भएको थियोे ।

स्वास्थ्य शिवीर आयोजना कार्यक्रम सम्पन्न

प्रतिक्रिया दिनुहोस्