सन्धिखर्क नगरपालिका वडा नं.१२ को आ.व. २०७८÷०७९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

| २०७९ असार १९ गते १८: २२ मा प्रकाशित

एसपी भुसाल ,अर्घाखाँची। सन्धिखर्क नगरपालिका वडा नं. —१२ को आर्थिक वर्ष २०७८÷०७९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्क नगरपािलका वडा न—१२ आयोजना तथा श्रीपेच मिडिया प्रा.लि र उत्पीडीत सामुदायिक विकास केन्द्र बाँकेको सहजिकरणमा सार्वजिनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा नगर एवं वडाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता , सन्धिखर्क योजना शाखाका दिलिप केसी , सन्धिखर्क नगरपालिका लेखा अधिकृत , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल , सन्धिखर्क नगर कार्यपालिका सदस्य शारदा परियार , सन्धिखर्क नगरपालिका वडा नं. १२ का वडा सदस्यहरु राम बहादुर बस्याल , खिमकला कुँवर , मिना श्रेष्ठ , पूर्व वडा सदस्य बाबुराम बस्याल , सन्धिखर्क ५ का वडा सचिव अनन्तमणि पोख्रेल , नेकपा एमाले वडा कमिटी अध्यक्ष प्रकाश श्रेष्ठ , नेपाली काँग्रेसका का.वा. सभापति लोक प्रसाद श्रेष्ठ , नेकपा माओवादी केन्द्रका अध्यक्ष राम बहादुर विक , राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष गोपाल पाण्डे , एकिकृत समाजबादीका वडा इन्चार्ज पदम श्रेष्ठ ,गैर सरकारी महासंघका प्रतिनिधी भोज बहादुर गन्धर्भ , समाजसेबी लिलाधर बस्याल ,ज्ञान प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक  सुर्य बहादुर खनाल , जुहार आधारभूत विद्यालयका प्र.अ. राम प्रसाद श्रेष्ठ , जन प्रकाश आ.वि का निमित्त प्रधानाध्यापक राधा बस्याल , डिभना आयुर्बेद औषधालयका इन्चार्ज तिकलजन जनैदार , झेडी स्वास्थ्य केन्द्र प्रमुख सन्जु केसी , स्वास्थ्य स्वंमसेविकाहरु , प्रेस चौतारीका बसन्त श्रेष्ठ , नागरिक दैनिकका लक्ष्मण घिमिरे , समाचार पोष्ट डटकमका भिम विश्वकर्मा , विभिन्न उपभोक्ता समितिका अध्यक्ष लगायत वडाका करिव २०० जना स्थानीयहरुको उपस्थितीका सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुले पारदर्शीता र जवाफदेहिता विषयमा सवाल उठाएका थिए । सेवाग्राहीहरुले विशेष गरि खानेपानी , सडक , विद्युत  प्रधानमन्त्री स्वरोजगार , स्थानीय सरकार भएकाले स्थानीय स्तरमा कृषि तथा पशुपालनको प्रबद्र्ध, योजनाबद्ध बिकास लगायतका विषयमा वडाले ध्यान दिनु पर्ने सहभागिहरुको जोड रहेको थियो ।

सहभागिहरुको जिज्ञासाको जवाफ दिदै सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आफुहरु समृद्ध नगर निर्माणको लागि योजनाद्ध विकासमा लागेको दावी गर्दै नगरलाई सुन्दर र समृद्ध बनाउनको लागि रचनात्मक सल्लाह र सुझावको अपेक्षा समेत गरेको बताउनु भयो । 

त्यस्तै सन्धिखर्क नगरपालिका वडा नं. —१२ का वडा  अध्यक्ष नारायण खड्काले स्थानीयहरुको प्रश्नको जवाफ दिँदै चालु आर्थिक वर्ष २०७८ र ०७९ मा वडामा ५४ वटा योजना सम्पन्न भएका र नगरपालिकामै सबैभन्दा छिटो योजना पनि सम्पन्न गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो । शतप्रतिशत योजना सम्पन्न गरिएको भन्दै वडा अध्यक्ष खड्काले नगरपालिकामै वडा नम्बर १२ विकासका हिसाबले फरक ढङगले उपस्थित भएको पनि बताउनुभयो । चालु आर्थिक वर्ष तथा आगामी आर्थिक वर्षको कार्यक्रमहरु प्रस्तुत गर्दै उहाँले सार्वजनिक सुनुवाई जस्तो कार्यक्रमले जनताका समस्या समाधान गर्न सहयोग पुग्ने र जनभावना सम्बोधन हुने हुनाले यसलाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो  ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाको तर्फबाट आ.व. २०७८÷०७९ को नगरपालिका योजना शाखाका दिलिप केसीले संक्षेपीकरणमा प्रगति विवरण प्रस्तुत गर्नुभयो । त्यस्तै सन्धिखर्क गरपालिका वडा नं. —१२ को आ.व. २०७८÷०७९ को प्रगति प्रतिबेदन वडा सचिव गगन आचार्यले प्रस्तुत गर्नुभएको थियो । 

सार्वजनिक सुनुवाई कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नं. — १२ का वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता , उत्पीडीत सामुदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियारको स्वागत तथा श्रीपेच मिडिया प्रालीका विक्रम पाण्डेको संचालनमा सम्पन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्