अर्घा भगवती (अर्घा दरवार) मन्दिर व्यवथापन समितिका अध्यक्षका कारण ओझेलमा र बिबादिद बन्दै

| २०७९ असार २३ गते २०: ११ मा प्रकाशित

गुरुदेव खनाल, थापा,अर्घा। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ मा रहेको पर्यटकीय प्रसिद्व धार्मिक स्थल अर्घा भगवती (अर्घा दरवार) मन्दिर व्यवथापन समितिका अध्यक्षका कारण ओझेल र बिबादिद बन्दै छ। 

प्राचिन काल देखि आजको मिति सम्म अर्घा भगवती मन्दिर परिसरमा पुरानै पुरातात्विक संरचनाहरु यथाबत थिए ,अर्घा भगवती मन्दिर भनेपछि जिल्ला भन्दा बाहिरका हजारौँ दर्शक भक्तजनहरु अर्घा दरवारमा पुग्ने गर्दथे तर अहिले दरवार परिसरमा पुराना संरचना,सिंडी भत्काएर सिमेन्टको सिंडी  बनाएपछि अर्घा दरवारको सर्वस सामाजिक संजाल मा व्यापक आलोचना भईरहेको छ। 

अर्घा भगवती मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसाल सामाजिक संजालमा लाजै न मानि यसो भन्छन - "अपुरातत्त्वक सम्पदालाई बदलने काम हुदैन बाहिरको सम्रचना बनाउने काम चलेको छ।अझफिनिसिङबाकिछ ,शुझाब काे लागि धन्यवाद"

व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसाल को यस प्रकारको गैर जिम्वेवारी प्रतिक्रिया ले झनै जिल्लावासीलाई भर्म र अन्योलमा पारेको छ। किनकि अर्घा दरवार अर्थात अर्घा भगवती मन्दिर मा पुराना संरचना ,(सम्पादा )सिंडी भत्काएर बढो गर्वका साथ् सिमेन्टको सिंडी बनाईएको छ,जुन प्राचिन काल देखि यथाबत थियो ,तर अहिले व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले पुरखौं देखि जोगाई राखिएको ,ऎतिहासिक सम्पादा हरु अर्घामा बह्ताकाई राखीका छन् ,उनले अर्घा भगवती मन्दिरमा पर्यटक भित्र्याँन हैन भडकाउँन बैकल्पिक भूमिका खेलेको स्थानीयहरुको गुनासो रहेको छ। 

अध्यक्ष सरोज भुसाल कै कारण अर्घामा करोडौँ को लगानीमा देबीको मुर्ति निर्माण गरिएता पनि ,पुराना पुरातात्विक संरचनाहरु मेटाउँदै जानाले अर्घामा आन्तरिक देखि बाह्य पर्यटकहरु भड्किन सक्ने स्थानीयहरुको गुनासो रहेको छ। 

अर्घा दरवार आफै मा एक इतिहाँस बोकेको ,शक्ति पिठ मन्दिर हो ,अर्घा भगवती मन्दिर भनेपछि अर्घा पुर्णिमाको दिन लुम्बिनी प्रदेश ,गण्डकी प्रदेश,का दर्शालु हरुको ठुलो घुँईंचो लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्