जिल्ला बिपद ब्याबस्थापन समिति अर्घाखाँचीको महत्त्वपूर्ण निर्णयका साथ बैठक सम्पन्न

| २०७९ असार २४ गते १६: ५४ मा प्रकाशित

असोक खनाल,अर्घाखाँची। जिल्ला बिपद ब्याबस्थापन समिति अर्घाखाँचीको  बैठक बिहीवार अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा बसि महत्त्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ ।
   
निर्णयहरु

  १. मस्यौदा समितिबाट तयार भइ आएका बिपद पुर्बतयारी (DPRP) लाई स्वीकृत गर्ने ।

 २. मनसुनजन्य बिपद प्रभावित निजि आवास पुनः निर्माण तथा पुनस्थापना अनुदान कार्यबिधी , २०७७ बमोजिम निजि आवास पुनः निर्माणका लागी पहिलो किस्ता रकम प्राप्त गरिसकेका र दोस्रो किस्ताको लागी रास्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा ब्याबस्थापन प्राधिकरण सिंहदरबारमा पठाउने।

  ३. आ.ब.०७८/०७९  मा निजि आवास पुनः निर्माणको लागि पहिचान भइ आएका लाभग्राहिहरुको प्रहिलो किस्ताको लागी रकम माग गरि रास्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा ब्याबस्थापन प्राधिकरण सिंहदरबारमा पठाउने ।

 ४. बिपद ब्यास्थापन तथा आपतकालीन कार्यको लागी  आ.ब. ०७८/७९ मा बिनियोजित बजेटबाट खरिद भइ बितरण गरिएका ७३० थान तारजाली अनुमोदन गर्ने जस्ता निर्णय हरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्