प्रेस युनियनको केन्द्रीय सदस्यमा आचार्यको उम्मेदवारी घोषणा

| २०७९ असार २५ गते १५: ५४ मा प्रकाशित

अर्घाखाँची । लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ । मिति नजिकिँए सँगै महाधिवेशन रौनक छाएको छ । 

यसै सन्दर्भमा नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा प्रेमनारायण आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।  युनियनको सृदृढिकरण तथा ट्रेड युनियन अधिकार कार्यान्वयनको लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ । 

दुई दशक देखि पत्रकारीतामा आबद्ध आचार्य बौद्धिक तथा निडर पत्रकार रुपमा छबि बनाएका छ्न् । विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा काम गरिसकेका उनी हाल अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक, उज्यालो, एभिन्युज टेलिभिजन लगाएतमा आबद्ध छन् । 

उनले महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रीय सदस्यमा मतदान गरि विजयी बनाउनुहुन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्