सन्धिखर्क नगरपालिकामा यस आर्थिक बर्षमा चालु तर्फ ८८.२६ र पुजिगत तर्फ ८६.३४ प्रतिशत रकम खर्च

| २०७९ असार २९ गते १८: १९ मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क।सन्धिखर्क नगरपालिकामा यस आर्थिक बर्षमा चालु तर्फ ८८.२६ र पुजिगत तर्फ ८६.३४ प्रतिशत रकम खर्च भएको छ । 

नगरपालिकाको ९४ करोड ६९ लाख ५६ हजार ९ सय २९ कुल रकम मध्ये चालुतर्फ ४० करोड ८ लाख ४४ हजार १ सय ६६ र पुजिगत तर्फ ४२ करोड ५४ लमख ९४ हजार ५५ रुपैया खर्च भएको नगरपालिकाको लेखा शाखाका प्रमुख नवराज गौतमले बताउनु भयो । 

योजना शाखाका ८ सय ७२ योजना मध्ये ८ सय ६६  योजनाका काम सम्पन्न भएको योजना शाखाका दिलिप केसीले बताउनु भयो ।  शहरी शासकीय योजनाको ९८.३ प्रतिशत वित्तिय प्रगती र ९९.२ प्रतिशत भौतिक प्रगती भएको छ। 

प्रतिक्रिया दिनुहोस्