सन्धिखर्कको अर्काे सपना : सुपादेउरालीमा बञ्जीजम्प

| २०७९ असार ३० गते १९: ०० मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची।पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सन्धिखर्क नगरपालिका–७ सुपादेउराली मन्दिर नजिकै र वडा ९ को नौलापानीमा दुई पर्यटकीय झोलुंगे पुल निर्माण गरे । त्यही पुलबाट साहसिक खेल सञ्चालन गर्ने रायमाझीले सपना देखेका थिए ।

त्यही कुरालाई सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को नगरसभामा नीति तथा कार्यक्रममा सुपादेउराली धार्मिक क्षेत्रको विकासमा बञ्जीजम्पको सपना देखाएका छन् ।

सुपादेउराली मन्दिरमा दैनिक १ देखि ३ सयसम्म तीर्थालु देशका विभिन्न जिल्ला र भारतबाट दर्शनका लागि आउँछन् । उनीहरुलाई प्राकृतिक सम्पदा घुमाउनेसँगै पर्यटकीय झोलुंगे पुलबाट बञ्जीजम्प खेल सञ्चालनको गर्ने भएको छ । बञ्जीजम्प शाहसिक खेल हो ।

संस्कृती तथा पर्यटन विकासतर्फको बुँदा नम्बर ४६ मा नौलापानी र सुपादेउरालीमा रहेको झोलुंगे पुलमा शाहसिक पर्यटन प्रर्वद्धन गर्न बञ्जीजम्प सञ्चालनका लागि संघ र प्रदेश सरकारस“ग आवश्यक पहल गरिने उल्लेख छ । ती स्थानहरुमा सौन्द्रर्यकरण कार्यको लागि रात्री समयमा बत्तीको व्यवस्था गरिने उल्लेख छ।

सुपादेउरालीमा दर्शनका लागि आएका भक्तजन झोलुंगे पुलमा आएर हरियाली मनोरम दृश्यावलोकन गर्ने, तस्बिर खिच्ने र टिकटक बनाउने गर्छन् । मन्दिरमा दर्शन गर्न आएका धार्मिक पर्यटकलाई सुपादेउराली आसपास, नरपानी लगायतका स्थानमा पर्यटकीय संरचना बनाएर खाँची दरबार, सन्धिखर्क, अर्घादरबार लगायत जिल्लाका अनय पर्यटकीय स्थलमा घुमाउने लक्ष्य नगरप्रमुख श्रेष्ठको छ ।

प्रतिक्रिया दिनुहोस्