स्वर्गीय वडा अध्यक्ष भुसालले निर्माण गरेकाे मन्दिर परिवार द्वारा उद्घाटन

| २०७९ सावन १ गते १७: ०७ मा प्रकाशित

अर्जुन भुसाल ,अर्घाखाँची। सन्धिखर्क ८ का स्वर्गीय निवर्तमान वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालले निर्माण गरेकाे मन्दिरकाे उदघाटन गरिएकाे छ । मन्दिर निर्माण भई उदघाटन गर्ने तयारीका बेला तत्कालीन वडा अध्यक्षकाे काेराेना भाइरसका कारण निधन भएकाे थियाे । उहाँकाे ०७८ साउन १० गते ६० वर्षको उमेरमा निधन भएकाे हाे ।  सन्धिखर्क ८ बर्नेटा कपुर पार्कमा निमार्ण भएकाे मन्दिरकाे परिवारका सदस्यहरूबाट पुजा गरी उदघाटन गरिएकाे हाे । स्वर्गीय भुसालकाे  वार्षिक पुण्यतिथि पछि श्रीमती जयकला, छाेराहरू कपुर र जुनले  पुजा गरी मन्दिर उदघाटन गर्नुभयाे । 

लामाे समय जनता कृष्ण मावि पकलेमा प्रधानाध्यापककाे रूपमा रहि अंग्रेजी विषय अध्यापन गराउनुभएका उहाँ २०७३ मा  सेवाबाट अवकाश लिई नेकपा एमालेकाे तर्फबाट स्थानीय चुनावमा वडा अध्यक्षकाे उम्मेदवार बन्नुभएकाे थियाे । वडा अध्यक्षमा विजयी भएपछि राम्रा काम मार्फत जनतामाझ लाेकप्रिय बन्नुभएकाे थियाे । शिक्षण पेशामा पुर्याएकाे याेगदानले उहाँकाे छवि झनै उच्च थियाे ।

 सन्धिखर्क ८ काे वडा अध्यक्ष मात्रै नभएर नगरपालिकाकाे सामाजिक विकास समितिकाे संयाेजक भएर सिङ्गो नगरपालिकाकाे विकासमा याेगदान पुर्याउनुभएकाे थियाे । नगर कार्यपालिकाकाे काम कारवाहीमा उहाँकाे भूमिका सधै प्रभावकारी हुने गर्दथ्याे । छाेराहरू कपुर र जुनले बुवाकाे नाममा थुप्रै सामाजिक कामहरू गर्ने साेच रहेकाे भन्दै उहाँका अधुरा सपनाहरू पूरा गर्न अाफूहरू निरन्तर लागि पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्