अर्घाखाँचीमा सेनाको राष्ट्रिय सेवादलद्वारा बिद्यार्थीहरुलाई जुनियर डिभिजन तालिमको शुरूवात

| २०७९ सावन २ गते १९: ३४ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न.५ स्थित जिबनोद्वार माबिका ३६ छात्राछात्रहरुको लागि नेपाली सेनाको इस्वरी बक्स गुल्मले जुनियर तालिमको सुरुवात गरेको छ ।

सेनाको राष्ट्रिय सेवादलले श्रावण १ गते देखि तालिमको सुरुवात गरेको हो ।

४८ औं एन सि सि जुनियर तालिम प्रत्येक दिन बिहान र बेलुका गरि १/१ घन्टा १०० दिन नियमित संचालन हुने सेनाले जनाएको छ ।

तालिममा शारिरिक अभ्यासको अलावा विद्यार्थीहरुको नेतृत्व क्षमतामा विकास, विद्यार्थीहरुमा हुनुपर्ने अनुशासन र बफादारिता, राष्ट्रिय एकताको भावना, व्यक्तिगत विकास तथा क्षमता अभिवृद्धि, सामुहिक आदानप्रदान , समाजमा फैलिने गलत प्रवृत्ति विरुद्ध जनचेतना, दैबिप्रकोप तथा बिपद व्यवस्थापन जस्ता घटनामा सहभागिता लगायत महत्वपूर्ण बिषयमा सिकाइ हुने नेपाली सेनाको इस्वरी बक्स गुल्मका गुल्मपती मेजर बासुदेब पङेनीले बताए ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन, इस्वरीबक्स गुल्मका गुल्मपति बासुदेब पङेनी,प्रमुख अनुसन्धान अधिकृत धिरज बानियाँ, शिक्षा समन्वय इकाई प्रमुख मनिराम पराजुली सन्धिखर्क नगरपालिका वडा न.४ का वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ वडा न.५ का वडा अध्यक्ष ऋषब अधिकारी लगायतको उपस्तिथि रहेको कार्यक्रमको संचालन क्याप्टेन किरण पुडासेनीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्