एमाले अर्घाखाँची द्वारा जनप्रतिनिधिलाई प्रशिक्षण,थोरै बुद्धि पुर्‍याएको भए सबै पालिका एमालेले विजय गर्ने थियो : रायमाझी

| २०७९ सावन ७ गते २०: ४७ मा प्रकाशित

शोभाखर पन्थी,अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीले जनप्रतिनिधिहरुको लागि अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

एमालेले जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि र नेतृत्व बिकासको निम्ति  एक दिने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले चुनावी घोषण पत्र हेरेर काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिले गरेको सानो गल्तीले पार्टीलाई ठुलो क्षति हुने भन्दै सोंच बुझका साथ काम गर्न अग्रह गर्नुभयो । पुर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले सत्ता र शक्तिको दुरुपयोगका बावजुद स्थानीय निकासको निर्वाचनमा नेकपा एमालेले अपेक्षाकृत परिणाम हासिल गरेको भन्दै थोरै बुद्धि पुर्याएको भए जिल्लाका सबै पालिका एमालेले विजय हासिल गर्ने वातावरण बनेको बताउनुभयो । उहाँले आसन्न निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउन सक्रियताका साथ पार्टी काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले सत्य ,निष्ठा र इमानदारी पुर्वक काममा लाग्न जनप्रतिनिधिहरुलाई अग्रह गर्नुभयो ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरेले आफुलाई अब्बल जनप्रतिनिधिको रुपमा स्थापित गरि नमुना योग्य काम गरेर देखाउन आग्रह  गर्नुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले जनप्रतिनिधि साशक नभई जनताको सेवक हो भन्नेकुरा बुझेर अघि बढ्न अग्रह गर्नुभयो । उहाँले निर्वाचनको समयमा जनता बीच गरिएका प्रतिबद्धता र जनताको चाहना अनुसार जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

 कार्यक्रममा नेकपा एमाले बाट बिजयी जिल्ला समन्वय समिति प्रमुख ,उपप्रमुख र सदस्यहरु ,नगर पालिकाका प्रमुख ,उपप्रमुख तथा गाउँ पालिकाका अध्यक्ष ,उपाध्यक्ष ,पार्टीको पालिका कमिटीका ईन्चार्ज ,सहईन्चार्ज र अध्यक्ष एवं कार्यपालिका सदस्यहरु गरि करीब २ सय जनाको उपस्थिति रहेको नेकपा एमालेका कार्यालय सचिव लिलबहनदुर बि.क. ले  जानकारी दिनु भयो ।

नेकपा एमालेका जिल्ला सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा  नेकपा एमालेका जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेल ,उपसचिव द्वय शम्भु प्रसाद पोख्रेल , भिम के.सी. लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्