अर्घाखाँचीमा आ'त्म'ह'त्या गर्नेको संख्या बढ्दै

| २०७९ सावन १५ गते १४: ५३ मा प्रकाशित

रबि पोख्रल ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ मा एक यूवकले झुन्डिएर आ'त्म'ह'त्या गरेका छन्। 

सन्धिखर्कको रामपथ निवासी २६ बर्षिय भिम बहादुर मुखियाले आज बिहान आफ्नै निवासमा झुन्डिएर आ'त्म'ह'त्या गरेको निजका घरपरिवारले बताएका छन्। 

मुखिया केहि दिन यता देखि हल्का बिरामी रहेको बुझिएको छ। उनि बिरामी परे देखि कसै संग धेरै बोल्न न चाहाने ,एकान्तमा बस्न रुचाउँने गरेको निजकी आमाले   जानकारी दिनुभएको छ। 

मृतक मुखियाको शवलाई पोष्टमार्टममा लागि जिल्ला अस्पताल पठाईएको प्रहारी स्रोतले जनाएको छ। अर्घाखाँची जिल्लामा पछिल्लो समयमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ। 

प्रतिक्रिया दिनुहोस्