सन्धिखर्क १० को बिहार बजार नजिकै अबैध बालुवा उत्खनन गर्ने ट्याक्टर पक्राउ

| २०७९ सावन २० गते १६: ०० मा प्रकाशित

गुरुदेव खनाल।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न १० बिहार बजार नजिकै अबैध बालुवा उत्खनन गर्ने ट्याक्टर पक्राउ परेको छ। 

बिहार बजार देखि केहि मिटर तल अबैध रुपमा उत्खनन गरिरहेको बालुवा सहितको ट्याक्टर स्थानीयहरुले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई अर्घाखाँची लाई बुझाएको छ । 

पटक- पटक यस्ता अबैध कार्य रोक्नका लागि प्रहरीकोमा बुझाउने र प्रहरी कार्यालयबाट सहजै छुटाउने जस्ता कार्य भईरहेकोले  कृपया यी गलत कार्य गर्नेहरू प्रति  कडा भन्दा कडा सजाय मिलोस भन्ने हामि चाहान्छौं ।

प्रतिक्रिया दिनुहोस्