सन्धिखर्क ८ किमडाँडामा बँदेल आतंक : किसान चिन्तित

| २०७९ भदौ १ गते १७: २४ मा प्रकाशित

 सागर मरासिनी ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क ०८ किमडाँडामा बँदेल ले आतंक मच्चाएको छ ।

पाक्ने बेला भएका मकै बँदेल ले  क्षति गरिदिदा यहाँ का किसान चिन्तित परेका छन । स्थानिय राधा सापकोटा भन्नुहुन्छ " अब मकै स्यार्ने बेला हुँदै थियो  तर  बारिमा जादा यस्तो अवस्था देखेपछी  एकैछिन चक्कर आउने भए ।

बँदेल ले जिल्लाका धेरै जसो ठाउँमा आतंक मच्चाउदा पनि अहिले सम्म कुनै यसको समाधान भने निस्कन सकेको छैन । पोहोर परार बादर बाट चिन्तित बनेका यहाँ का किसान अहिले बँदेल बाट चिन्तित छन ।

प्रतिक्रिया दिनुहोस्