चुनावको तयारी गर्न पालिकामा जाँदैछौं : कांग्रेस सभापति श्रेष्ठ

| २०७९ भदौ २ गते १९: २८ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। कांग्रेस अर्घाखाँचीले आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको लागि तयारी स्वरुप पालिका स्तरमा छलफल चलाउने भएको छ । 

पाटी संगठनको अवस्था, समसामयिक विषयवस्तुको बारेमा छलफल र चुनावको तयारीको बारेमा व्यापक छलफल गर्नेछ ।कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले भदौ ६ गते शितगंगा, ७ गते भुमिकास्थान, ८ गते मालारानी, ९ गते पाणिनि, १० गते छत्रदेव र १२ गते सन्धिखर्कमा पालिका स्तरीय रुपमा पाटी सभापति, पदाधिकारी, पूर्वपदाधिकारी, सदस्य तथा कांग्रेस कार्यकर्ताबीच व्यापक छलफल गरिने बताए ।

‘पाटीको आन्तरिक छलफल र चुनाव केन्द्रित अन्तरक्रिया गर्छौ,’ श्रेष्ठले भने, ‘कांग्रेस र गठबन्धनका उम्मेदवारलाई कसरी जिताउन सकिन्छ भनेर रणनीति तय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्