साना किसान कृषि सहकारी संस्था लिमिटेड सन्धिखर्क ८ किमडाँडाले तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न

| २०७९ भदौ २ गते २३: ०० मा प्रकाशित

अर्जुन भुसाल , सन्धिखर्क। साना किसान कृषि सहकारी संस्था लिमिटेड सन्धिखर्क ८ किमडाँडाले तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेकाे छ । 

कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी सन्धिखर्क नगरपालिकाका उप-प्रमुख मिश्रा आचार्य,वडा अध्यक्ष हुमप्रसाद बञ्जाडेले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

 कार्यक्रम संस्थाका अध्यक्ष रमा खत्रीकाे अध्यक्षता, कर्मचारी पुजा भट्टराईकाे स्वागत मन्तव्य र प्रबन्धक शिला भुसाल मरासिनीकाे सञ्चालनमा सम्पन्न भएकाे हाे । अतिथि तथा सहकारीका सेयर सदस्यहरूले तिजका गीतमा नाचेर मनाेरञ्जन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्