वडा अध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिताको एक कार्यक्रमका बिच उद्घाटन

| २०७९ भदौ ३ गते १९: ३५ मा प्रकाशित

अशोक खनाल अर्घाखाँची। शुक्रवार सन्धिखर्क नगरपालिका वडा न.१ को स्याउलाधारी कबडहलमा  दुई दिबसिय  खेल  प्रतियोगिताको सन्धिखर्क नगरपालिका का नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले कक र प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले ब्याटिङ गरि संयुक्त रुपमा उदघाटन गरेका छन्। 

सन्धिखर्क नगरपालिका वडा न. १२ को आयोजनामा संचालित उक्त खेलमा  A र B गरि   ३५ वटा  टिममा  ७० भन्दा बढी खेलाडी सहभागी हुने छन भने प्रथम द्वितीय र तृतीय हुने  बिजेता टिम लाई बोका, करुवा  मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष नारायण खड्काले जानकारी गराएका छन्। 
 
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता भएको उदघाटनशत्र मा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे  प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल सशस्त्र प्रहरी बल ३६ न. गुल्मका गुल्मपती प्रनाउ संगम श्रेष्ठ कोलेनिका प्रमुख दिपक अधिकारी समाजसेवी ब्याक्तित्व दल बहादुर भट्टराई , ठाकुर प्रसाद श्रेष्ठ  जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिष्णु क्षेत्री  लगायतको उपस्थित रहेको थियो। 
 
उदघाटन समारोहमा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे , खेलकुद बिकास समितिका अध्यक्ष बिष्णु क्षेत्री , जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष ज्ञानेन्द्र घिमिरे , पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतका अतिथि हरुले आयोजक वडा तथा  खेलमा सहभागी टिमहरु लाई शुभकामना   ब्याक्त गरेका थिए ।

कार्यक्रम वडा न. १२ का वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता सचीव कृष्ण खनालको स्वागत मन्तब्य तथा शेषकान्त घिमिरे ओशनको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्