अर्घाखाँची बाट अबैध रुपमा गोरुसिंगे तर्फ लैजादै गरेका १७ वटा बाख्रा सहित पिकअप जिप पक्राउ

| २०७९ भदौ ५ गते १६: ४७ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची बाट अबैध रुपमा गोरुसिंगे तर्फ लैजादै गरेका बाख्रा हरु नेपाल प्रहरीले नियन्त्रणमा लीएको छ। 

आज दिउँसो करिब १२: ३० बजेको समयमा प्रहरी चौकी नरपानीबाट सोही स्थानका प्र.ना.नी हुम बहादुर वि.क.को कमाण्डमा खटिएको  प्रहरी टोलीले सवारी साधनहरु  चेकजाँच गर्दा अबैध रुपमा अर्घाखाँचीबाट गोरुसिङगे तर्फ बाख्राहरु लैँजादै गरेको लु १ च ३३०१ नम्बरको पिकअप जिप पक्राउ परेको हो। 

प्रहरी स्रोतका अनुसार उक्त पिकअप जिपमा स्त्री प्रजातिका १७ वटा बाख्राहरु रहेको बुझिएको छ। 

प्रतिक्रिया दिनुहोस्