संविधान दिवस २०७९ को अबसरमा शुभकामना आदान प्रदान तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

| २०७९ असोज ३ गते २२: २५ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। ८ औं संविधान दिवस अर्घाखाँचीमा विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ  तीन दिवसिय कार्यक्रम अन्तरगत ब्याड्मिन्टन प्रतियोगिता , कुर्सी दौड प्रतियोगिता , भलिबल प्रतियोगिता लगायत रहेका छ्न ।

प्रतियोगीता सम्पन्न प्रश्यात डिभिजन बन  कार्यालय अर्घाखाँचीको  सभाहलमा प्रबचन  कार्यक्रम  तथा बिजेता तथा उपबिजेताहरु लाई प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको थियो ।सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे , जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

 कार्यक्रम जिल्ला समन्वय समिति अर्घाखाँचीका  प्रमुख तथा मुल समारोह समितिका अध्यक्ष जिबनारायण कोइरालाको अध्यक्षता भुमिकास्थान नगरपालिका आलेप अधिकृत हिमा न्यौपानेको स्वागत मन्तब्य तथा शेषकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्