राजमोले असोज २३ गते अर्घाको रानीगैरामा बृहत सांस्कृतिक सभा गर्ने

| २०७९ असोज १७ गते १८: ११ मा प्रकाशित

टेकराज भुसाल,अर्घाखाँची। राष्ट्रिय जनमाेर्चा जिल्ला समिति अर्घाखाँचीकाे आयोजनामा यहि असाेज २३ गते अर्घाकाे रानीगैरामा बृहत सांस्कृतिक सभा हुने भएको छ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि काेजागत पुर्णिामाकाे अवसरमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले बताउनुभएको छ।

राष्ट्रिय जनमाेर्चाका केन्द्रीय स्तरका नेताहरु बाट सम्बाेधन हुने कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय तथा जिल्ला स्तरीय कलाकारहरु बाट बेजोड साँस्कृतिक प्रस्तुति रहने पनि अध्यक्ष केसीले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्