अर्घाखाँचीमा खोलाले बगाउँदा १० वर्षीय बालक बेपत्ता,खोजिकार्य जारि

| २०७९ असोज १९ गते १९: ४९ मा प्रकाशित

लक्ष्मण घिमिरे ,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा एक बालकलाई खोलाले बगाउँदा बेपत्ता भएका छन्। दसैं मनाउन मामाघर हिंडेका बालकलाई खाेलाले बगाएर बेपत्ता बनाएको हो ।

सन्धिखर्क नगरपालिका वडा नम्बर-७, खाँचीकोट किटेनी निवासी तारा पाैडेलका १० वर्षीय छाेरा समिर पाैडेललाई स्थानिय फर्ज्याङ खाेलाले बगाएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। पाैडेल एक छाेरा र एक छाेरी लिएर दसैँ मनाउन भूमिकास्थान-७, चिदिचौर (मामाघर) जाने क्रममा खाेला तर्न खाेज्दा बालकलाई बगाएकाे जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर कृष्ण घिमिरेले जानकारी दिए।

आफ्नाे बच्चा खाेलाले बगाएपछी पौडेलले प्रहरीलाई खबर गरेकी थिईन्। करिब ३ बजे प्रहरी टोली घटनास्थलमा पुगी खोजिकार्य गरेपनि फेला पार्न सकेको छैन। बच्चाकाे खाेजी कार्य जारी रहेपनि आज रात परिसकेकाेले बिहिवार पुनः खोजिकार्य गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्