भोलि अर्घामा भव्य रुपमा सरायँ नाँच हुने

| २०७९ असोज २२ गते १७: १२ मा प्रकाशित

रमेश थापा ,अर्घा। अर्घाखाँची जिल्लाको प्रसिद्व धार्मिक तथा पर्यटकीय स्थल अर्घा भगवती मन्दिर (अर्घा दरवारमा) भोलि अर्थात पुर्णिमा (अर्घा पुन्नु) को दिन भव्य रुपमा सरायँ नाँच हुने भएको छ। 

बिगत ३ बर्ष यता देखी कोरोना महामारीको कारणले सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घा मा अवस्थित अर्घा भगवती मन्दिरमा पुर्णिमा दिन निकालिने पाँच आलम देबी सहितको शरायँ नाँच त्यति भव्य रुपमा भएको थिएन। 

दशैँ पछि आउँने पुर्णिमाको दिन अर्घा मा निकालिने शरायं नाँच हेर्न र खेल्न जिल्ला बाहिर ,गुल्मी ,प्युठान ,कपिलबस्तु पाल्पा लगायत अन्य जिल्लाका दर्शालु भक्तजनहरु अर्घामा आउँने गर्दछन। तर २०७६ पछिको कोरोना महामारीको विषम परिस्थितिले हजारौं दर्शालु भक्तजनहरु अर्घा पुग्न बाट बन्चित रहेका थिए। 

तर यस पटक को पुर्णिमामा भने अर्घा भगवती मन्दिर (अर्घा दरवारमा) ३ बर्ष अघि जस्तै हजारौँ भक्तजनहरुको उपस्थिति रहने र भव्य रुपमा शरायं नाँच हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले जानकारी दिनुभएको छ। 

प्रतिक्रिया दिनुहोस्