सन्धिखर्कमा पटका पड्काउदै गरेको अवस्थामा २ जना पक्राउ :क्षमता भन्दा बढी यात्रु बोक्ने डबल क्याबलाई कारबाही

| २०७९ कार्तिक ७ गते २१: ०९ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क।सन्धिखर्कमा पटका पड्काउदै गरेको अवस्थामा २ जना ब्याक्तिहरु पक्राउ परेका छन्। 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट पटका तथा आतिसबाजी नपड्काउनुहुन तथा रातको ९ बजे पश्चात् देउसी भैलो नखेल्नुहुन सूचना भए अनुरुप उक्त सूचनाको उल्लंघन गरी पटका पड्काउदै गरेको अवस्थामा सन्धिखर्क नगर पालिका वडा नम्बर १ को गुन्टेखोला देखि दुई जना ब्यक्ति लाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

साथै सोही स्थान नजिकै बाट भैलो खेल्ने बहनामा सवारी क्षमता भन्दा बढी मानिसहरु बोक्ने लु. १ ज. ४७०२ र लु १ च ५८८३ न: को  डबल क्याप गाडीलाई समेत कार्बाही प्रहरीले कारबाही गरेको छ।

 जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट जारी भएको सूचना लाई पुर्ण रुपमा पालना गरिदिनु हुन समेत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्