अर्घाको मिनिकोटमा ट्याक्टर दुर्घटना (भिडियो सहित)

| २०७९ कार्तिक ९ गते १६: ३० मा प्रकाशित

रमेश थापा,अर्घा।जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर -१०  अर्घामा ट्याक्टर दुर्घटना भएको छ। 

सन्धिखर्क ९ को अर्घा बाट सन्धिखर्क तर्फ ढुँगा लिएर आउँदै गरेको ९४४७ नम्बर को ट्याक्टर सन्धिखर्क नगरपालिका १० को  मिनोकोट ढाकाचिना मा दुर्घटना भएको हो।दुर्घटनामा मानवीय क्षति भने केहि नभएको खबर प्राप्त भएको छ। ट्याक्टर सडक खण्ड देखि ३० मिटर तल खसेको छ।

ट्याक्टरको ब्रेक फेल हुँदा दुर्घटना भएको चालकको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्