अर्घाखाँचीको एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृ'त्यु :२ जनाको बुटवल रिफर

| २०७९ कार्तिक ११ गते १४: ३२ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क।अर्घाखाँचीमा निर्माणाधिन एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा बिहीबार राती प्रदेश नम्बर २-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द प्रसाद रिजालले बताए।

बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइतेको बुटवलमा रहेको मर्सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ। मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनु‍सन्धान रहेको छ।

प्रतिक्रिया दिनुहोस्