भाेलि सन्धिखर्कमा सार्वजनिक विदा

| २०७९ कार्तिक १७ गते १८: ३० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। हरिबाेधनी एकादशीकाे दिन भाेलि अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले सार्वजनिक विदा दिएको छ । 

सन्धिखर्कमा भाेलि हरिबाेधनी एकादशीकाे दिन विशेष मेला तथा  भैलाे प्रदर्शनी हुने भएकोले सार्वजनिक विदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । 

 नगर प्रमुख स्तरीय  निर्णय गरी प्रमुख प्रशासकीय अधिकृत भुसालको हस्ताक्षरित  एक सुचना प्रकाशित गरि विदा दिएको जनाएको छ । नगर भित्र रहेका सबै वडा कार्यालय, शिक्षण सस्था, स्वास्थ्य चाैकीहरु बन्द रहने गरि सार्वजनिक विदा दिईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्