अर्घामा पानि तान्ने मोटर वितरण गरेको भन्दै वडा अध्यक्ष -सदस्य सहित एक शिक्षकलाई निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

| २०७९ कार्तिक २३ गते ०६: ०० मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार टोप बहादुर रायमाझीको गृह वार्डमा  मतदाता प्रभावित पार्नको लागि निर्वाचन आचारसंहिता लागु भएपछी अर्घा धारापानी -मैदान लिफ्ट खानेपानी आयोजनाको पानि तान्ने मोटर वितरण गरेको भन्दै निर्वाचन आयोग जिल्ला आचार संहिता अनुगमन समिति अर्घाखाँचीले वडा अध्यक्ष र वडा सदस्य सहित एक जना शिक्षक संग स्पष्टीकरण मागेको छ। 

एमालेबाट निर्वाचित वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर भुसाल, वडा सदस्य नारायणबहादुर रायमाझी र रजस्थल माविका शिक्षक बल बहादुर रायमाझीलाई निर्वाचन कार्यालयले २४ घण्टा भित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँची समक्ष स्वयं उपस्थिति भई लिखित स्पष्टीकरण दिनुपर्ने जानकारी गराएको छ। 

प्रतिक्रिया दिनुहोस्