आमडाँडाको लामडाँडामा पिडितहरुका घर भत्किन थाले तर वितरण गर्न भनेर छुट्याईएको जस्तापाता घरको कुर्सुलोमा बर्षौँ देखि थ'न्कि'ए'का छन्

| २०७९ मंसिर १३ गते १७: ४८ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नंः ४ आमडाँडाको लामडाँडा बस्ती मा एक घरबाट २ बर्ष अगाडी वडा कार्यालयबाट पिडितहरुलाई भनेर वितरण गरिएको जस्तापाता आज सम्म सम्बन्धित पिडितहरुको घरमा नपुगेको जनगुनासो आएको छ। 

पिडितहरुलाई भनेर छुट्याईएको जस्तापाता आज सम्मपनि  लामडाँडा घर को कुर्सुलोमा सजाएर राखीको छ।जस्तापाता जुन पिडित परिवारलाई आवश्यक थियो जस्को नाममा छुट्याईएको थियो आजको मिति सम्म उक्त व्याक्तिहरु समक्ष नपुगेको चर्को गुनासो आएको छ। 

महिनौ सम्म घरको कुर्सुलोमा जस्तापाता सजाएर राख्नु भन्दा उक्त टिनको सदुपयोग गर्न स्थानीयहरुले सम्बन्धित निकायलाई घचघच्याई रहेका छन्। तर आज सम्म स्थानीयहरुको आवाज कार्यन्वन्य नभएको बुझिएको छ। 

उक्त वडाकी स्थानीय माया खत्रीको घर  र नाङेठाटिका केहि स्थानीयहरुको घर भत्किन लागेको लागेको खबर प्राप्त भएको छ ।महिनौ देखि त्यतिकै घर को कुर्सुलोमा सजाएर राखिएको जस्तापाता उक्त ब्याक्तिहरुलाई प्रदान गर्न लामडाँडाका केहि स्थानीयले सम्बन्धित निकाय प्रति अनुरोध गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्