सन्धिखर्क मा ३५ औँ बिश्व एड्स दिबस सरोकारवाला बिच अन्तरक्रिया गरि सम्पन्न

| २०७९ मंसिर १५ गते २०: २८ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। एड्सको अन्त्यका लागी समानताको सुनिश्चितता भन्ने मुल नाराका साथ ३५ औं बिश्व एड्स दिवस सरोकारवाला तथा संचारकर्मीहरु बीच अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न गरिएको छ ।

 जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ कार्यालयका स्वास्थ निरीक्षक गणेश राज पौडेल ,सन्धिखर्क नगरपालिका स्वास्थ शाखा प्रमुख पुर्ण पराजुली ,स्वास्थ कार्यालय अर्घाखाँचीका एड्स फोकल पर्शन बिजय बिक नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल विभिन्न मिडियामा कार्यरत संचारकर्मी तथा सरोकारवाला हरुको उपस्थित रहेको थियो ।

सन् १९८१ मा अमेरिका बाट संक्रमित उक्त एडस सन् १९८८ मा नेपालमा पनि देखिएको थियो धेरै मान्छेले उक्त रोग बाट ज्यान गुमाइ सकेका छन् भने हाल  नेपालमा उक्त संक्रमित रोग ४८% ले गिरावट भएता पनि नेपालमा  ३० हजार भन्दा बढी संक्रमित रहेका छन ।हाल नेपालमा २२ हजार ७ सय ३५ जनाले नियमित औंषधि सेवन गर्ने गरेको उल्लेख गरिएको छ त्यसै गरि लुम्बिनी प्रदेशमा ४ हजार ३ सय २५ जना तथा अर्घाखाँची जिल्लामा १ सय ०९ जनाले नियमित औंषधि सेवन गर्ने गरेका छन् ।

  हाल अर्घाखाँचीमा स्वास्थ कार्यालय अर्घाखाँचीका अतिरिक्त मल्लरानी ग्रामीण बिकास सरोकार केन्द तथा सन्देश सहयोग समूह अर्घाखाँचीले सहयोग गर्दै आइरहेको छ।

  कार्यक्रम स्वास्थ कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख राम प्रसाद गौतमको अध्यक्षता स्वास्थ निरीक्षक गणेशराज पौडेलको स्वागत मन्तव्य तथा स्वास्थ निरीक्षक गिता भुसालको संचालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्