पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

| २०७९ मंसिर २६ गते २२: ३९ मा प्रकाशित

अशोक खनाल।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न. ५ ले जिल्लाको पाणिनि बहुमुखी क्याम्पसमा अध्यनरत स्नातकतहका १३ छात्रा छात्रहरुलाई एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरि सो बारे जानकारी दिईयो । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न.५ का वडा अध्यक्ष ऋषब अधिकारि, वडा सदस्यहरु बसन्ता कुमारी कुमाल, कृष्ण प्रसाद भुसाल, तुलबहादुर घर्ती, शाबित्रा बिक, वडा सचिव अनन्तमणि पोख्रेल, वडा न.४ का वडा सदस्य चोपलाल श्रेष्ठ, क्यापसका प्राध्यापकहरु,स्वबियु सभापति लक्ष्मण खड्का तथा स्नातकतहमा कार्यारत विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

२०४५ सालमा त्रिभुवन विश्व विद्यालय अन्तरगत संचालित यस् क्याम्पसमा स्नातकोत्तर तह अन्तरगत शिक्षाशास्त्र तथा व्यवस्थापन संकाय तर्फ पढाई संचालन भइ रहेको छ । कुल एक हजार भन्दा बढी विद्यार्थीलहरुले अध्ययन गर्ने यस् क्याम्पसमा १६ जना फुलटाइम,९ जना पार्टटाइम र ६ जना कार्यालय कर्मचारीहरु कार्यारत छन ।

बिश्वबिध्यालय तथा कुनै पनि सरकारी निकायबाट आर्थिक सहयोग तथा कुनै पनि अनुदान प्राप्त नभए पछि विद्यार्थीहरुकै मासिक शुल्क बाट प्राध्यापकहरुले तलब खाने गरेका छ्न । त्यसो त क्याम्पसले आर्थिक अभावकै कारण विभिन्न समयमा धार्मिक महायज्ञ पनि संचालन गर्दै आएको छ ।

अर्घाखाँचीका ६ वटै स्थानीयतहका ६१ वटै वडाहरुले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरे आर्थिक अवस्था कमजोर भएका द्यिार्थीहरुलाई सहज हुने छात्रा बिन्दु बिकले बताईन् ।

कार्यक्रम क्याम्पसका क्याम्पस प्रमुख बुद्धिराम भुसालको अध्यक्षता प्राध्यापक रामलाल भुसालको स्वागत मन्तव्य तथा प्राध्यापक लक्ष्मण पोख्रेलको संचालनमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्