साना किसान कृषि सहकारी संस्था लिमिटेड किमडाँडाकाे आठाैं वार्षिक साधारण सभा सम्पन्न

| २०७९ पौष ३ गते १४: २५ मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। साना किसान कृषि सहकारी संस्था लिमिटेड  किमडाँडाकाे आठाैं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सन्धिखर्क नगरपालिकाका उप- प्रमुख मिश्रा आचार्यले पानसमा दीप प्रज्ज्वलन  गरेर कार्यक्रमकाे उदघाटन गर्नुभयाे । कार्यक्रममा बाेल्दै उप-प्रमुख आचार्यले सहकारीको माध्यमबाट स्वराेजगार बन्नुपर्ने बताउनुभयो । 

उहाँले कृषि सहकारीले उत्पादन र बजारीकरणका लागि विशेष ध्यान पुर्याउनु पर्ने बताउनुभयो । आचार्यले साना किसान सहकारीले  साैलियत व्याजदरमा ऋण प्रवाह गर्नुका कृषकहरूलाई विभिन्न लाभदायक कार्यक्रम  ल्याउने गरेकाे भन्दै निरन्तरता दिन सुझाव दिनुभयो  ।  

सन्धिखर्क नगरपालिकाका सहकारी शाखा प्रमुख जीवनारायण आचार्यले सहकारीले आफ्ना लक्ष्य र उद्देश्य पालना गर्नबाट  बञ्चित हुन नहुने बताउनुभयाे । सन्धिखर्क ८ का वडा अध्यक्ष हुम प्रसाद बञ्जाडेले उद्देश्य मिल्ने सहकारीहरूलाई मर्ज गरी पूजि बृद्धि  गर्नुपर्ने बताउनुभयाे । 

किमडाँडा साना किसान सहकारीमा ७ सय १९ सदस्य रहेकाेमा कुल बचत रकम ८४ लाख ९ सय ७९ रहेकाे छ । कार्यक्रममा सहकारीका अध्यक्ष रमकला खत्रीले वार्षिक प्रतिवेदन, कमला भुसाल क्षेत्रीले लेखा प्रतिवेदन र कर्मचारी पुजा भट्टराई वलीले वजेट तथा लेखा परिक्षण प्रतिवेदन पेश गर्नुभएकाे थियाे । कार्यक्रम सहकारीका अध्यक्ष खत्रीकाे अध्यक्षता, सारदा पाण्डेकाे स्वागत मन्तव्य र  प्रबन्धक शिला मरासिनीकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्