अर्घाखाँचीमा ट्याक्टरकाे ठक्करबाट एक जनाकाे मृ'त्यु

| २०७९ पौष २३ गते १६: २० मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँचीमा ट्याक्टरकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोटका ६७ बर्षिय चन्द्र बहादुर नेपालीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मुत्यु भएको छ ।

लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिदा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार भैरहवा मेडिकल कलेजमा मुत्यु भएको प्रहरीले जनाएको छे ।

सन्धिखर्क देखि आफ्नो घर तुम्कोट जाने क्रममा उनी सवार मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिएको थियो । ठक्कर दिने चालक र गाडी नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सुचना अधिकारी कृष्ण घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्