अर्घामा अपाङ्गता सम्मान तथा प्रोत्साहन कार्यक्रम साथै महिला स्वास्थ्य स्वयंसेबिका लाई सम्मान कार्यक्रम सम्पन्न

| २०७९ माघ ९ गते १९: ०० मा प्रकाशित

रमेश थापा ,अर्घाखाँची।सन्धिखर्क नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय ले अपाङ्गता सम्मान तथा प्रोत्साहन कार्यक्रम साथै अर्घा स्वस्थ्य चैकिका महिला स्वास्थ्य स्वयंसेबिका लाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

अपाङ्गता सम्मान तथा प्रोत्साहन कार्यक्रम

कार्यक्रममा सन्धिखर्क ९ का वडा अध्यक्ष पदम बहादुर भुसाल को अध्यक्षतामा र प्रमुख अथिति राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सचिवालय सदस्य कमला परियार  बिशिस्ट अथिति ,श्रीजनसिल अपाङ्गता सरोकार  केन्द्र का अध्यक्ष फर्सु राम पान्डे ,अथिति हरुमा श्री निर्मल नबज्योति सुस्त मनस्थिति बिधालय प्र.अ बैधिक अबिभाबक संघ जिल्ला कार्य समिति कि कोषाध्यक्ष कमला भुसाल ,बैधिक अभिभावक संघ अ.खा जिल्ला सदस्य सरिता भुसाल अर्घा भगवती मन्दिर ब्यबस्थापन समिति का अध्यक्ष सरोज भुसाल वडा सदस्य नारायण रायमाझी ,बिष्णु आचार्य .सिमा परियार ,देबि खड्का लगायतको उपस्थिति रहेको थियो। 

वडा अध्यक्ष पदम बहादुर भुसाल

सन्धिखर्क ९ वडा भित्र का ४५ जना अपाङ्ग लाई फाइबर सिरक र कपडा बितरण गर्नु को साथै अर्घा स्वास्थ्य चौकिका १३ जना महिला स्वयंसेबिका हरुलाई एक एक थान चरेस को थाल र कचौरा ले स.न.९ को अध्यक्ष पदम बहादुर भुसाल ले सम्मान गर्नु भएको थियो। 

अर्घा स्वास्थ्य चौकिका १३ जना महिला स्वयंसेबिका हरुलाई एक एक थान चरेस को थाल र कचौरा

आजै अर्घा भगवती मन्दिरमा रहेको नयाँ निर्माण गरिएको एसिया कै ठुलो र २१ फिट अग्लो देबि को मुर्ति को प्रचारप्रसार लागि स.न.पा ९ को वडा कार्यालय ले टिकट्क बनाउने लाई  (२५००० ) पच्चीस हजार रुपैया छुटाएको थियोे र सोहि पुरस्कार उत्कृष्ट भिडियो बनाएर जित्न सफल हुनु भएका शिसिर कडेल ,नमूना भुसाल ,नेत्र भुसाल को टिम लाई वडा अध्यक्ष पदम भुसाले प्रमाणपत्र र नगद रु २५००० प्रधान गर्नुभएको थियो।

 टिकट्क बनाउने लाई  (२५००० ) पच्चीस हजार रुपैया
अर्घा भगवती मन्दिर ब्यबस्थापन समिति का अध्यक्ष सरोज भुसाल 
अपाङ्गता सम्मान तथा प्रोत्साहन कार्यक्रम
नेत्र भुसाल 
चरेस का थाल र कचौरा

प्रतिक्रिया दिनुहोस्