सन्धिखर्क को देउरालीडाँडाका क्यान्सर पीडित बालकको उपचारमा सहयोगको अपिल

| २०७९ माघ १२ गते १४: ५५ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची।क्यान्सर पीडित बालकको उपचारमा परिवारले सहयोगको लागि अपिल गरेको छ । 

सन्धिखर्क नगरपालिका–४ देउरालीडाँडाका निवासी राम प्यारी दमाईको नाति विक्रम परियार तथा संगिता परियारको छोरा १ वर्षीय आविष्कार परियारको उपचारका लागि परिवारले सहयोगको अपिल गरेका हुन ।

क्यान्सरबाट पीडित आविष्कार परियार लाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।

अहिलेसम्म उपचारमा ३ लाख रुपैयाँ खर्च भइसकेको छ । थप  ८ लाख खर्च हुने परिवार श्रोतले बताएको छ । राम प्यारी दमाइले नाति लाई बचाउन सहयोगी मनहरु प्रति पुराउन सहयोगका लागि सबै सँग आग्रह गरिन । 

सहयोगको लागि मेगा बैंक लिमिटेडमा ००४००५०१२६४८४ नम्बरको खाता खोलिएको छ । थप जानकारीका लागि राम प्यारी दमाई  मोबाइल नम्बर ९७४८८२४७१४ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्