पकले देखि १८ बर्षिया बेपत्ता:परिवार बाट खोजी गरिदिनका लागि आग्रह

| २०७९ माघ १२ गते २१: २९ मा प्रकाशित

सागर मरासिनी , सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ०८ पकले निवासी सीता नेपाली बेपत्ता भएपछी परिवार द्वारा खोजी गरिदिन आग्रह गरेका छन ।

यहि माघ १ गते माघी मेला हेर्न सन्धिखर्क गएकि सीता अहिले सम्म सम्पर्कमा नआएको आमा फुर्सी नेपालीले जानकारी दिनुभएको छ ।

१८ बर्षिया सीता एकाएक बेपत्ता भए पछि परिवार चिन्ता मा परेको छ । उनकी आमा भन्नुहुन्छ " छोरी बेपत्ता भए पछि राम्रो सग सुतेकी पनि छैन अनि राम्रो सग खाना पनि खाकी छैन "।

यदि सीता लाई कहि कतै देख्नुहुने जो कोहि ले नजिक को प्रहरी चौकी वा ९८४७०७५३४८ मा सम्पर्क गर्नुहुन समेत अनुरोध गर्दछौं।

प्रतिक्रिया दिनुहोस्