सन्धिखर्कका कृषकलाई तरकारीको बीउ बितरण

| २०७९ माघ १९ गते १७: ०५ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। सन्धिखर्क नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई मागको आधारमा लहरे तथा तरकारीको उन्नत तथा हाईब्रीड बिउ बितरण शुरु गरेको छ । 

कृषकहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा काक्रा, घिरौला, तिते करेला, टमाटर, बोडी, सिमी लगायतका तरकारीका बिउहरु बितरण गरिएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनु भयो । 

कृषकहरुलाई बिउ बितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले कृषि पेशामा जोडिएर उत्पादनमा लाग्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । उहाँले लगेको बिउलाई उचित तरिकाले लगाउन, संरक्षण गर्न र उत्पादन बढाउने कार्यमा लाग्न आग्रह गर्नु भयो । 

कार्यक्रममा नगरपालिकाका निमित्त प्रप्रमुख प्रशासकीय अधिकृत नवराज गौतम लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्