अर्घाखाँची आर्युबेद स्वास्थ केन्द्र सन्धिखर्कद्वारा तिनदिने अभिमुखिकरण कार्यक्रम शुरु

| २०७९ माघ २० गते १४: ११ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 माघ २०- अर्घाखाँची आर्युबेद स्वास्थ केन्द्र सन्धिखर्कद्वारा शिक्षकहरुका लागि आर्युबेद तथा योग सम्बन्धि तिनदिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ ।

अर्घाखाँची आर्युबेद स्वास्थ केन्द्र सन्धिखर्क ब्याबस्थापन तथा संचालन समितीका अध्यक्ष कृष्ण प्रसाद भुसाल को अध्यक्षतामा शुरु उदघाटन कार्यक्रममा ब्याबाथापन समितिका सदस्य कमला भन्डारी खनाल , कार्यालय प्रमुख कमल प्रसाद आचार्य , आर्युबेद चिकित्सक डा अनिता भुसाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

 भुमिकास्थान नगरपालिकाका माध्यामिकतह स्वास्थ बिषय अध्यापन गराउने १३ बिध्यालयका शिक्षक तथा मालारानी गाउँपालिकाका २ बिध्यालका २ शिक्षक गरि १५ जनाको सहभागी रहेको कार्यक्रमको स्वागत मन्तब्य कार्यालय प्रमुख कमल प्रसाद आचार्य र संचालन बरिस्ठ बैध निरीक्षक पशुपति पन्थीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्