प्रेस चौतारी नेपाल अर्घाखाँचीद्वारा आफ्नो २५ औँ स्थापना दिवसको अबसरमा बिध्यालयमा शैक्षिक सामाग्री बितरण

| २०७९ माघ २२ गते १५: ३३ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 माघ २२- प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाले आफ्नो २५ औं स्थापना दिवसको अबसरमा नर्शरी देखी ५ कक्षा सम्मका विद्यार्थीहर लाई  शैक्षिक सामाग्री तथा  खाजाखाने टिफिन लगायतका सामाग्रीहरु बितरण गरेको छ।

शैक्षिक सामाग्री तथा  खाजाखाने टिफिन लगायतका सामाग्रीहरु बितरण 

आइतबार  जिल्लाको सन्धिखर्क नगरपालिका वडा न.१२ स्थित श्री जन प्रकाश आधारभुत बिध्यालयमा अध्यनरत छात्रा तथा छात्रहरु लाई उक्त सामाग्री बितरण गरिएको थियो नर्सरि देखी कक्षा ५ सम्म पढाई संचालन भइ रहेको उक्त बिध्यालयमा करिब ५४ जना विद्यार्थी अध्यानरत छन् ।

नेकपा एमाले जिल्ला कमिटीका सचीव तोजबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री बितरण कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी , प्रेस चौतारिका जिल्ला इन्चार्ज हिम जिसि लेकाली , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल , प्रदेश समिति सदस्य प्रेमनारायण आचार्य , केन्द्रिय परिषद सदस्य मधुकुमार श्रेष्ठ ,प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य नवीन केसि बिध्यालयका प्रअ राधा बस्याल लगायतको उपस्थित रहेको थियो ।

शैक्षिक सामाग्री तथा  खाजाखाने टिफिन लगायतका सामाग्रीहरु बितरण 

कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षता जिल्ला सदस्य लक्ष्मी खनालको स्वागत मन्तव्य तथा सचीव सिद्वाथ केसिको संचालनमा सम्पन्न भएको कार्यक्रममा बिध्यालयकी प्रअ राधा बस्याल , पत्रकार महासंघ प्रदेश सदस्य प्रेमनारायण आचार्य , प्रेस चौतारीका जिल्ला इन्चार्ज हिम जिसि लेकाली , प्रदेश अध्यक्ष शोभाखर पन्थी , पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल एमाले जिल्ला सचिब तोजबहादुर रायमाझीले शुभकामना  सहित  धन्यवाद मन्तव्य  राखेका थिए।

शैक्षिक सामाग्री तथा  खाजाखाने टिफिन लगायतका सामाग्रीहरु बितरण 

 

प्रतिक्रिया दिनुहोस्