निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीद्वारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

| २०७९ माघ २३ गते १६: ४३ मा प्रकाशित

अम्बिका बेल्बासे श्रेष्ठ ,सन्धिखर्क। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

स्वागत तथा विदाई कार्यक्रम

यस जिल्लामा कर्मथलो बनाएर आउने कर्मचारी र सरुवा तथा निवृत हुने कर्मचारीहरुको नियमित स्वागत विदाई गर्ने युनियनको कार्यक्रममा जिल्ला सरकारी वकिलका जिल्ला न्यायधिवक्ता श्यामसुन्दर चौधरीको विदाई र सिंचाई विकास डिभिजन कार्यालयक ईन्जिनियर विवेक न्यौपानेको स्वागत गरेको हो । जिल्ला न्ययाधिवक्ता चौधरी ३७ वर्ष लामो जागिरे जीवनमा निवृत हुनु भएको हो ।  त्यसै गरी आधिकारिक ट्रेड युनियनमा नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट प्रतिनिधित्व गर्ने सन्धिखर्क नगरपालिकाका अधिकृत छैठौ बाल बहादुर घर्तिको स्वागत र संगठनका तर्फबाट प्रतिनिधित्व गर्ने लालमणि खनाललाई विदाई गरेको छ। 

स्वागत तथा विदाई कार्यक्रम

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्यामसुन्दर चौधरीले कर्मचारीहरुको हक हितमा लाग्दै यस्ता किसिमका रचनात्मक र सकरात्मक क्रियाकलापको लागि जिल्ला कार्यसमितिलाई विशेष धन्यवाद दिनु भएको थियो । 

कार्यक्रममा भूमि आयोगका अध्यक्ष यादव प्रसाद घिमिरे, संगठनका अध्यक्ष गणेश भण्डारी, राष्ट्रिय कर्मचारी संगठनका सचिव माधव भुसाल, अस्थायी तथा ज्यालादारी कर्मचारीका लुम्बिनी प्रदेश उपाध्यक्ष सुदिप जि.सी. लगायतको उपस्थिति रहेको थियो । 

स्वागत तथा विदाई कार्यक्रम

कार्यक्रम ट्रेड युनियनका सदस्य नारायण दमासेको संचालन, उपाध्यक्ष हरिप्रसाद डुम्रेको स्वागत मन्तव्य र कृष्ण वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्