क्यान्सर राेगी बालकलाई उवासंघका उपाध्यक्ष काजी श्रेष्ठकाे आर्थिक सहयोग

| २०७९ माघ २३ गते २३: ०२ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।अर्घाखाँचीकाे वांगला निवासी क्यानसर राेगी एक बालकको लागि उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले अार्थिक सहयोग गर्नु भएको छ ।

सन्धिखर्क नगरपालिका–४ वाङ्ग्ला देउरालीडाडा निवासी राम प्यारी दमाईको नाति विक्रम परियार तथा संगिता परियारको छोरा क्यान्सर पीडित १ वर्षीय बालक आविष्कार परियारको उपचारका लागि उद्याेग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले १० हजार सहयोग आर्थिक सहयोग गर्नु भएको हाे । 

अर्घाखाँची युवा परिषद्का अध्यक्ष समेत रहेका काजी श्रेष्ठ  सहयोगी मनका धनी हुनुका साथै युवाहरू माझ बढी लाेकप्रिय हुनुहुन्छ ।बालकको उपचार गर्न सहयोगको लागि मेगा बैंक लिमिटेडमा  ००४००५०१२६४८४ नम्बरको खाता खोलिएको छ । 

थप जानकारीका लागि राम प्यारी दमाई  -
मोबाइल नम्बर ९७४८८२४७१४ अथवा बिष्णु परियार ९८४७१०७४४८ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्