पाणिनी पब्लिक क्याम्पस प्रध्यापक संघको अध्यक्षमा दोर्ण प्रसाद भुसाल निर्वाचित

| २०७९ माघ २४ गते १५: १९ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
माघ–२४,अर्घाखाँची।अर्घाखाचीकै शैक्षिक धरोहर पाणिनी बहुमुखी क्याम्पसमा पब्लिक क्याम्पस प्रध्यापक संघको अध्यक्षमा दोर्ण प्रसाद भुसाल निर्वाचित हुनुभएको छ ।

 क्याम्पस परिसरमै सम्पन्न संस्थाको चौथो अधिबेशनले अध्यक्ष भुसालको नेतृत्वमा ७ सदस्यिय नयाँ नेतृत्व सर्वसहमत गठन गरेको हो । पब्लिक क्याम्पस प्रध्यापक संघको नवगठित समितिको उपाध्यक्षमा उतममणि मिश्र,सचिव मधुसुदन भुसाल र कोषाध्यक्षमा लीलामणी बस्याल छनौंट हुनुभएको छ । 

यस्तै समितिको सदस्यहरुमा लक्ष्मण भट्टराई, मिनराज खनाल र निरज भट्टराई चयन हुनुभएको बताइएको छ । क्याम्पस प्रमुख बुद्धी भुसालको सहजीकरण र उप–प्रध्यापक रामलाल भुसालको संचालनमा सम्पन्न अधिवेशनले दोर्ण प्रसाद भुसाल,बाबुराम शर्मा र लक्ष्मण पोख्रेललाई संस्थाको केन्द्रिय प्रतिनिधीमा चयन गरको छ ।

प्रतिक्रिया दिनुहोस्