छोराको जन्मदिनमा १४ लाख ३० हजार सुर्यज्योती सुनौलो भबिस्य बाल जीवन बीमा पोलिसि उपहार

| २०७९ चैत १० गते १८: ०० मा प्रकाशित

अर्घाखाँची। पछिल्लो समय हरेक कुराहरूमा मानिसको जिबनशैली फेरिदै गएको छ । नेपालीहरुले हरेक पर्बहरु भिन्न तरिकाले मनाउदै आइराखेका छन। पछिल्लो समय विभिन्न उत्सव, विवाह जन्मदिन लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ।

पछिल्लो समय जीवन बीमा र यसको जनचेतनाले पु-याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हुँदै गएको छ । यसै सन्दर्भमा अर्घाखाँची सन्धिखर्क ११ निवासी नवीन भुसाल र अमृता भुसाल ले आफ्नो छोरा श्रेयान्स भुसाललाई जन्मदिनको उपलक्ष्यमा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची  शाखाबाट १४ लाख ३० हजार को सुर्यज्योती सुनौलो भबिस्य बाल जीवन बीमा पोलिसि उपहार स्वरुप प्रदान गरेका छन् ।

कम्पनीको उक्त सुयज्योती सुनौलो भबिस्य बाल जीवन  बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्तता सुविधा, मासिक आय सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।

उक्त बिमा सिनियर एजेन्सी म्यानेजर प्रेम बुढाथोकीले जन्म दिनको शुभकामना सहित बिमित लाई प्रधान गर्नुभयो।।

प्रतिक्रिया दिनुहोस्