सन्धिखर्क १० मा १ दिने नि:शुल्क स्वास्थ परिक्षण शिविर सम्पन्न (तस्विर सहित)

| २०७९ चैत १० गते १८: २८ मा प्रकाशित

प्रदिप आचार्य ,सन्धिखर्क। 
 चैत्र  १०-  नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला आशा अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वाड न १० धरम्पानी आधारभुत स्वास्थ केन्द्रमा १ दिने नि:शुल्क स्वास्थ परिक्षण सङै ई सिजि , ईको सुगर परिक्षण तथा निशुल्क रुपमा औसधि बितरण शिविर सम्पन्न भएको छ ।

१ दिने नि:शुल्क स्वास्थ परिक्षण  धरम्पानी आधारभुत स्वास्थ केन्द्रमा

पछिल्लो समयमा मानिसमा विभिन्न किसिमका रोग सङ्ग सङ्गै मुटुमा पनि समस्या हुने पाईएको र शरिरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग मुटुमा समेत विभिन्न समस्या देखा परेकोले मुटु परिक्षण शिविर संचालन गरिएको प्रतिस्ठान का जिल्ला अध्यक्ष कृष्ण भुसालले जानकारी गराउनु भएको छ ।

१ दिने नि:शुल्क स्वास्थ परिक्षण धरम्पानीमा

मुटुलाई स्वास्थ राखनको लागि आहार बिहार सङ्ग सङ्गै दैनिकी रुपमा ब्यायाम गर्नु पर्ने नेपाल हृदय रोग निवारण प्रतिस्ठान केन्द्रिय सदस्य तथा मुटुरोग विशेषज्ञ डा सुमन्त बन्जाडेले बताउनु भयो भने मुटु रोगबाट बच्नको लागि के गर्ने के  गर्न नहुने भन्ने बारे मुटु रोग डा . अजय अधिकारीले जानकारी गराउनु भएको थियो ।

 १ दिने नि:शुल्क स्वास्थ परिक्षण सङै ई सिजि ,ईको सुगर परिक्षण तथा नि:शुल्क रुपमा औसधि बितरण शिविर सम्पन्न 

जिल्ला अस्पताल अर्घाखाँची का प्रमुख तथा सुपरिटेन्डेन्ट डा . जगन्नाथ तिवारिले बिरामिको परिक्षण सङ्गै परामर्श सेवा दिनु भएको  थियो । 

 १ दिने नि:शुल्क स्वास्थ परिक्षण सङै ई सिजि ,ईको सुगर परिक्षण तथा नि:शुल्क रुपमा

शिविरमा मन्तव्य राख्दै  स न पा १० का वाड अध्यक्ष मोहन सिंह ठकुरिले  शिविर सफल गर्नको लागि वाड भित्र तथा बाहिरका  सम्पूर्ण ब्याक्तित्वहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्नु थिएको  थियो र आगामी दिनमा पनि वडा बासिमा स्वास्थको लागि पहल तथा काम गर्ने बताउनु भएको थियो ।उक्त शिविरमा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , उप प्रमुख मिश्रा आचार्य ,वाड न १० का वाड अध्यक्ष मोहन सिंह ठकुरी , वाड न ८ अध्यक्ष हुम प्रसाद बन्जाडे, वाड न ९ अध्यक्ष पदम बहादुर भुसाल , १० न नि वर्तमान अध्यक्ष लक्ष्मि नारायण चुदाली, स न पा स्वास्थ शाखा प्रमुख पुर्ण पराजुली , लगायतको उपस्थिति रहेको थियो भने मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 स न पा १० का वाड अध्यक्ष मोहन सिंह ठकुरि

उपचार सेवामा स न पा १० धरम्पानी आधारभुत स्वास्थ केन्द्र प्रमुख रमा पराजुली , स न पा ९ अर्घा स्वास्थ चौकी इन्चार्ज हेमराज भट्टराई , स न पा ११ डिभर्ना स्वास्थ केन्द्र इन्चार्ज छबिलाल भुसाल , तथा प्रमिला आचार्य ,शारदा हमाल लगायतले सहजिकरण गर्नु भएको थियो ।उपचार सेवा लिनेमा अधिकाम्स  ४० देखि ७० बर्स  उमेर समुहका रहनु भएको थियो , भने शिविरमा.जनाले ईसिजी ७७ जनाले ईको  ६० जनाले  सुगर परिक्षण २६० जना  सङ्गै निशुल्क उपचार सेवा लिनु भएको थियो भने शिविरमा २८९ जना सहभागी रहनु भएको थियो ।

 १ दिने नि:शुल्क स्वास्थ परिक्षण

कार्यक्रम संचालक प्रतिस्ठान सचिन मेनुका पौडेल ले संचालन गर्नु भएको थियो।

प्रदिप आचार्य ,कृष्ण भुसाल 

प्रतिक्रिया दिनुहोस्